८४ हजार बराबर भन्सार छलिको सामान बरामद

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर नजिकैबाट सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ ।

विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको ८४ हजार २ सय ६० रुपैयाँ बराबरको किराना सामान सहित सुपर फावर सुर्ती बरामद गरेको हो ।

बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव निरीक्षक शाहीले बताउनुभयो ।

Previous articleकोहलपुरमा मोटरसाईकल चोरी गर्नेहरु पक्राउ
Next articleमिनि ट्रकमा लाेड गरिएकाे बाख्रासहित बाँकेमा एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here