ताजिया सेलाउँदै माेहर्रम मनाईयाे

नेपालगन्ज । हिजरी सम्वतको १ तारिखदेखि सुरु हुने मोहर्रमको १० औ दिन विशेष महत्वको हुने गर्दछ ।

मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन रहेको छ ।

इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विभिन्न कार्यक्रमहरू गरे मनाइँदै आइएको भएपनि कोभिड–१९ महामारीका कारण यस वर्ष भने खासै उत्साहपूर्ण देखिएन ।

भाइरस महामारीको जोखिमको कारण पाँच तारिखदेखि मात्रै मोहर्रम मनाउन सुरु गरिएको थियो । पाँचौं तारिखमा ढोल मिलान, छैठौं तारिखमा मेहन्दी जुलुस, सातौ दिन अलम मिलान हुने गर्छ ।

खासगरी ७ तारिखमा अलम मिलानमा नेपालगन्जको त्रिभुवन चोकमा सबै मुस्लिम भेला हुन्छन् । त्यसैगरी ८ तारिख आगको माहतम जन्जिरी माहतम हुन्छ । त्यसदिन नेपालगन्जदेखि सीमावर्ती भारतीय बजारबाट पनि मानिसहरु आउने गथ्र्ये । तर अहिले कोभिड महामारीका कारण आउन पाएनन् ।

त्यसैगरी नवौं तारिखमा घरघर तथा चोकमा ताजिया स्थापना गर्ने गरिन्छ भने दशौं दिन स्थापना गरिएका ताजिया आज कर्वलामा विर्सजन गर्ने गरिन्छ ।

इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विभिन्न कार्यक्रमहरू गरे मनाइँदै आइएको भएपनि कोभिड–१९ महामारीका कारण यस वर्ष भने खासै उत्साहपूर्ण नरहेको केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष फिरोज अहमद हल्वाईले जानकारी दिनुभयो ।

उहाँले महामारीको जोखिम कायमै रहेकोले जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैलाई आग्रह गर्नुभएको थियो ।

नमाज पढेपछि आज दिउँसो देखि नजिकैका कर्वलाहरुमा ताजिया विर्सजन गरिँदै छ । यसअघि गएराती घरघरमा ताजिया स्थापना गरिएको थियो ।

कोरोना भाइरस महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पालना गरेर पर्व मनाउने काम भइरहेको नेपाल मोहर्रम समिती धम्बोझीका अध्यक्ष तथा मुस्लिम अगुवा मेराज अहमद हिमालयले बताउनुभयो ।

पर्वलाई लक्षित गरेर हिजरी १ तारीख देखि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थापन मिलाउने काम गरेको थियो । जस्का कारण पर्व शान्ति र मर्यादित बनेको छ । चाडपर्वका नाममा होहल्ला गर्नेलाई प्रहरीले कारवाही समेत गरेको छ ।

Previous articleमुस्लिम युवाहरूद्वारा सुत्केरी महिलालाई सहयोग
Next articleयुवा क्लबको सराहनीय कार्य, मोहर्रमको बिसर्जनका दिन बितरण गर्यो खिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here