
बाँके । कोरोना भाइरस (कोभिड–१९) कसरी बच्ने जस्ता सूचनासहितको होर्डिङ बोर्ड नेपालगञ्जका बिभिन्न स्थानमा जडान गरिएको छ ।
सर्वसाधारणमा कोरोना भाइरसको बढ्दो जोखिमबाट कसरी बच्ने र अरुलाई पनि कसरी बचाउन सकिन्छ, भन्ने सूचना लेखिएको बोर्ड नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न सात स्थानमा जडान गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिको समन्वयमा एस एन भि नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा जमुनाहा नाका, गणेशमान चोक लगायतका क्षेत्रमा उक्त बोर्डहरु जडान गरिएको हो ।
यसले आम मानिसहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सहयोग पु¥याउने अपेक्षा उपमहानगरपालिकाले लिएको जनाएको छ ।






