दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, गम्भीर घाइते दुईलाई नेपालगञ्ज रिफर

दाङ । दाङमा बिहीबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नं–१५ बस्ने १६ वर्षीय पदम वलीको ज्यान गएको छ । वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार विहान मृत्यु भएको हो ।

घाइतेमध्ये सोही ठाउँका २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपल श्रेष्ठको अवस्था गम्भीर छ ।

गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एव प्रबक्ता समुति खड्काले जानकारी दिनुभयो ।

डिएसपी खड्काका अनुसार जीपका चालक तुलसीपुर १५ कै ३८ वर्षीय भिमबहादुर वली र सोही ठाउँकै १७ वर्षीय विशाल वली पनि घाइते हुनुभएको छ । उहाँहरुको घोराहीमै उपचार भइरहेको छ ।

बिहीबार विहान साढे ५ बजेको समयमा कपिलबस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ९६६२ नम्वरको बोलेरो जीप घोराही उपमहानगरपालिका वडा नं–३ मुसोटमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भइ पहाडको भित्तामा ठोक्किएको थियो ।

Previous articleकोभिड–१९ बारे सचेत बनाउन होर्डिङ बोर्ड
Next articleनेपालगञ्ज–६ का एक युवामा कोरोना संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here