बाँकेमा आर्थिक वर्ष २०७८/२०७९ को श्रम मुल्य सार्वजनिक

नेपालगञ्ज । आर्थिक वर्ष २०७८/२०७९ मा लागु हुने गरी श्रम मुल्य तोकिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मजदुरदेखि बिज्ञको दैनिक ज्याला र माटोदेखि सुनसम्मको दररेट सार्वजनिक गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकलले सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, ढुंगे डकर्मी, सोलार ग्रेडर अपरेटरलाई दैनिक ८ सय ४० रुपैयाँ दैनिक ज्यालादारी तोकेको छ ।

नयाँ आर्थिक वर्षका लागि तोकिएको मुल्य अनुसार ज्यामी, कुल्ली, सर्बे हेल्पर, खानी मजदुर, क्लिनर, स्प्रे मेन र चौकिदारलाई दैनिक ज्याला ५ सय ९० रुपैयाँ रहेको छ । यस्तै ढुंगा, गिट्टी प्रति डोको १६५, बेतको टोकरी २० सीएम साईजको ३०० मुल्य तोकिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्र माटो प्रति घनमिटर ३५०, बाँस प्रति गोटा २८४, गोबर प्रति घनफिट ६, खर मुठाको २३, धानको भुस प्रतिकिलो ६ रुपैयाँ, नेपाली सिमेन्ट ओपीसी ७८० रुपैयाँ बोरी, पीपीसी ६८०, चिम्नीको इटा प्रति हजार १२ हजार, भुसमा पकाएको इटा प्रति हजार ८४२९ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी बिज्ञहरुको दैनिक परिश्रमिक ३ हजार ६ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।

Previous articleलागु औषध स्मेकसहित एक नेपालीसंगै तीन जना पक्राउ
Next articleजानकी २ बाल विवाह मुक्त वडा घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here