लागु औषध स्मेकसहित एक नेपालीसंगै तीन जना पक्राउ

नेपालगञ्ज । भारतीय सुरक्षा बल एसएसवीले लागु औषध विरुद्धको अभियानलाई सशक्त पारेको छ । सीमाक्षेत्रमा लागु औषधको कारोवार बढेपछि त्यसलाई निष्तेज पार्न एसएसवीले तीब्र कडाइ गरेको हो ।

एसएसवी असिस्टेन्ट कमाण्डर सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको टोलीले विहीबारमात्रै ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध स्मेकसहित तीन जनालाई पक्राउ गरेको छ ।

सीमानाकामा रहेको एउटा सार्वजनिक शौचालयमा स्मेकको कारोवार गरिरहेका उनीहरु एसएसवीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा रुपैडिया घसियारन टोलका जुनेद, शेबु र कोहलपुरका रन बिरबहादुर सोनी रहेको एसएसवीले जनाएको छ ।

उनीहरुको साथबाट २४१ ग्राम स्मेक बरामद भएको छ । यसको अन्तराष्ट्रिय मूल्य भारु २ करोड बराबर रहेको एसएसवीको भनाइ छ । यसअघिपनि एसएसवी र रुपैडिया थानाको संयुक्त पहलमा प्रतिबन्धित स्मेक बरामद भएको थियो ।

एसएसवीले पक्राउ परेका तीन जनाको साथबाट ६९ हजार ५० रुपैयाँ नेपाली, भारु ५ हजार ५ सय ५० रुपैयाँ र तीनवटा विभिन्न कम्पनीका मोवाइल समेत बरामद गरेको छ । उक्त स्मेक नेपाल ल्याउने तयारी भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Previous articleयुवा क्लबको सराहनीय कार्य, मोहर्रमको बिसर्जनका दिन बितरण गर्यो खिर
Next articleबाँकेमा आर्थिक वर्ष २०७८/२०७९ को श्रम मुल्य सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here