
नेपालगन्ज । पश्चिम तारा नेपाल नेपालगन्जले सोमबार १८ औं गाईजात्रा पर्व मनाएको छ ।
एक बर्षभित्र दिवङत भएका आफ्ना आफन्तको सम्झनामा गाइजात्रा मनाइन्छ । बिशेष गरेर नेवार समुदायमा यो पर्व मनाइन्छ ।
नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथीका रूपमा शिला राई, अतिथीका रुपमा जेष्ठ नागरिक मिना श्रेष्ठ, महिला अधिकारकर्मी लक्ष्मि श्रेष्ठ, राजनितिङ पबित्रा सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
पश्चिम तारा नेपालका किरन मल्लको कोरानाका कारण निधन भएको थियो । स्व.मल्लको सम्झना तस्बिरमा माल्यार्पण र मैन बत्ति बालिएको थियो ।
यौनिक तथा अल्पसंख्यक समुदायलाई अन्य समुदाय जस्तै समाबेश गर्नुपर्ने कार्यक्रममा उपस्थितहरूको माग थियो । खुलेर आएकालाई पनि अहिलेसम्म राज्यले कुनै सुबिधा दिएको छैन, यौनिक अल्पसंख्यकले भने, यश कारण अझै कतिपय खुलेर आउन सकेका छैनन् ।
नेपालमा अहिले पनि यो समुदायलाई हेर्ने नजर फरक भएको र समुदाय, परिवारले सहजै स्वीकारेको अवस्थाले आफुहरू खुशी भएको उनीहरूले धारणा राखेका थिए ।
आफू अमेरिका हुँदा २००३ देखि नै यो समुदायलाई सरकारले बैधानिक मान्यता दिएको र त्यसपछि सबैमा सहज वातावरण बनेको ज्येष्ठ नागरिक मिना श्रेष्ठले जानकारी दिनुभयो ।
साथै उहाँले हरेक मोडमा आफू पहिलाबाट यो समुदायसंग जोडिएको र आफूबाट हुने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।







