
नेपालगञ्ज । रुख रोपौं, वातावरण, अक्सिजन, मानव जीवन र धर्ती मातालाई बचाउँ, भन्ने अभियानका क्रममा मंगलबार नेपालगञ्जस्थित हनुमान आधारभूत बिधालय जमुनाहामा बृक्षारोपाण गरिएको छ ।
वातावरणलाई जोगाउन आआफ्नो तर्फबाट पहल थाल्नुपर्ने उद्देश्यका साथ नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ स्थित बिद्यालयको प्रवेशद्धारमा खाली रहेको जग्गामा मंगलबार साँझ बृक्षारोपण गरिएको हो ।
डिभिजन वन कार्यालयको सहयोगमा आयोजना गरिएको कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हिक्मत बिक, जिल्ला अध्यक्ष कमरुद्दिन राई, उपाध्यक्ष राजन राना मगर, क्षेत्र नं २ का क्षेत्रीय सभापति सूर्यलाल यादव, डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्री, हरित अभियान्ता हेमन्तराज काफ्ले लगायतको सहभागिता रहेको जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।






