
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका नगरस्तरीय मेलमिलापकर्ता समितिको संयोजकमा शिव कुमार वर्मा चयन हुनु भएको छ ।
बुधबार नेपालगंज उपमहानगरपालिका उपमेयर एवं न्यायिक समितिका अध्यक्ष उमा थापा मगरको अध्यक्षतामा वसेको बैठकले संयोजकमा बर्मासहित ९ सदस्यीय समिति बनाइएको हो ।
चयन गरिएको समितिको उपसंयोजकमा उषा गौतम र सचिवमा मधु पौडेल रहनु भएको छ ।
यसैगरी समितिको सदस्यहरुमा अस्मिता शाह महतरा, गगन पुन, कविता क्षेत्री, इन्दु पौडेल अधिकारी, शिवराज सिग्देल, राधेश्याम वर्मा रहनु भएको छ ।
नव गठित कायसमितिले नगरभित्र मेलमिलाप गर्दा आइपर्ने समस्या तथा त्यसको समाधानका लागि समन्वयकारी भुमिका खेल्ने छ ।
समितिका संयोजक बर्माले मेलमिलाप गर्नु र गराउनु निकै कठिन कार्य भएपनि मेलमिलाप पछिको नतिजाले निकै आनन्दीत तुल्याउने गरेको बताउनु भयो ।





