समुदायका ब्यक्तिहरु प्रत्याभूत संचार कार्यक्रम बारे जानकार बन्दै

राजापुर । बर्दियाको राजापुर नगरपालिकाभित्रका अभिभावकहरुलाई प्रत्याभूत संचारको बारेमा अभिमुखिकरण गरिएको छ ।

प्लान इनटरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेद्धारा संचालित प्रत्याभुत संचार परियोजना अन्र्तगत उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

अभिमुखिकरणमार्फत प्रत्याभूत बालबालिकाहरुको फोटोहरु किन खिचिन्छ, उनिहरुको सुचनाहरु वार्षिक रुपमा किन लगिन्छ, उक्त सुचना तथा फोटोहरु के काममा प्रयोग हुन्छ र समुदाय बिकासमा प्रत्याभूत बालबालिकाको महत्व तथा भुमिकाको बारेमा जानकारी गराउने उद्देश्य रहेको छ ।

यस्तै प्लान नेपालको साझेदारीमा संचालित बिभिन्न परियोजनाको बारेमा समुदायका ब्यक्तिहरुलाई जानकारी गराई उक्त कार्यक्रममा प्रत्याभूत बालबालिका र उनिहरुको परिवारको सहभागितालाई बढाउने र बालबालिकामाथि हुने बिभेद र परम्परागत हानिकारक अभ्यासहरु जस्तै बालबिबाह जस्ता कुरीतीहरु र त्यसबारे जानकारी गराउन कार्यक्रम संचालन गर्दै आएको प्रत्याभूत संचार परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत शेषकान्त शर्माले जानकारी दिनुभयो ।

साथै सहभागिहरुलाई प्लान नेपालको यूवा तथा बाल संरक्षण नीति र रिर्पोटिङ्ग तथा रेस्पोन्डिङ्गको बारेमा समेत जानकारी गराईएको छ । अभिमुखिकरण कार्यक्रमका सहभागीहरुलाई स्याक नेपाल बाँकेको तर्फबाट प्रत्याभूत संचार परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत शर्माले सहजिकरण गर्नुभएको थियो भने कार्यक्रमको ब्यवस्थापन अनिता चौधरी र सागर बि.कले गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले आफ्नो राखेको जिज्ञासाहरु समेत मेटाउने प्रयास गरिएको थियो ।

Previous articleनगरस्तरीय मेलमिलापकर्ताको संयोजकमा वर्मा चयन
Next articleप्रत्याभूत बालबालिकाहरुको सहभागितामा अतिरिक्त क्रियाकलाप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here