
बारबर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं ४ पद्दनाहमा प्रत्याभूत संचारको बारेमा अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्लान इनटरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेदृारा संचालित प्रत्याभुत संचार परियोजना अन्र्तगत अभिभावकहरुलाई शुक्रबार प्रत्याभूत संचार बारे अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रमको मुख्य उद्देश्य सहभागिहरुलाई प्रत्याभूत बाल बालिकाहरु को फोटो किन खिचिन्छ, उनिहरुको सुचनाहरु बर्षिक रुपमा किन लगिन्छ, उक्त सुचना तथा फोटोहरु के काममा प्रयोग हुन्छ र यस प्रत्याभूत संचार कार्यक्रमले समुदाय बिकासका कामहरुमा खेल्ने भुमिका र समुदाय बिकासमा प्रत्याभूत बालबालिका को महत्व को बारेमा जानकारी गराउने र प्लान इनटरनेशनल नेपालको साझेदारीमा संचालित बिभिन्न परियोजनाको बारेमा समुदायका ब्यक्तिहरुलाई जानकारी गराई उक्त कार्यक्रमहरुमा प्रत्याभूत बालबालिका र उनिहरुको परिवारको सहभागितालाई बढाउने उद्देश्यले आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पद्दनाहाका जम्मा २२ जना प्रत्याभूत परिवारहरुको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रम का सहभागीहरुलाई स्याक नेपाल बाँकेकोतर्फबाट प्रत्याभूत संचार परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत शेषकान्त शर्माले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको ब्यवस्थापन र सहजिकरण फिल्ड सुपरभाईजर सुमिता चौधरी र आशा भणडारीले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरुले आफ्नो जिज्ञासाहरु पलैपालो राखेका थिए र उनिहरुको जिज्ञासाहरुको उत्तर शर्माले दिनुभएको थियो ।
ूयस प्रत्याभूत संचार कार्यक्रममा सहभागि भएको ३ वर्ष भयो र यस कार्यक्रममा मेरो बच्चाको फोटो खिच्न थालेदेखि म प्लानको बिभिन्न तालिमहरुमा सहभागि हुन पाएको छु, कार्यक्रमका सहभागि उमा थारुले भन्नुभयो, जसले गर्दा मेरो क्षमता बिकास भएको छ । र मेरो छोरीको पढाईमा धेरै सहयोग भएको छ । बेलाबेलामा स्टेशनरी, झोला र बिरामी पर्दा उपचार खर्च सहयोग हँुदै आएको छ ।
यसै गरि बर्दियाको मधुवन नगरपालिका, बाराबर्दिया नगरपालिका र बढैयाताल नगरपालिकामा प्रत्याभूत बालबालिकाहरुको अतिरिक्त क्रियाकलापहरु संचालन गरिएको छ । उक्त कार्यक्रममा जम्मा ६० जना प्रत्याभूत बालबालिकाहरु सहभागि भएका थिए ।
उक्त कार्यक्रममा सहभागि बालबालिकाहरुले चित्रकलाको माध्याम बाट आफ्नो समुदायमा बालबालिकाको लागि उच्च जोखिममा रहेको स्थानको बारेमा नक्साड्ढन गरेका थिए । साथै सहभागिहरुलाई बिभिन्न खेलको माध्यमबाट बाल संरक्षणको बारेमा जानकारी गराईएको थियो ।
उक्त कार्यक्रममा चित्रकला र खेलमा प्रथम द्धितिय र तृत्तिय स्थान ल्याउनेलाई पुरुस्कार स्वरुप क्यलकुलेटर, कपी र ज्यामीति बक्स प्रदान गरिएको थियो । उक्त कार्यक्रम परियोजनाका सिनियर कार्यक्रम संयोजक शर्माले संचालन गर्नुभएको थियो । कार्यक्रमको ब्यवस्थापन फिल्ड सुपरभाईजरहरु आशा भण्डारी, सुमीता थारु, जयकिसन थारु र आरती थारुले गर्नुभएको थियो ।
यसै सन्दर्भमा बारबर्दिया नगरपालिकामा प्रत्याभूत बालबालिकाहरुलाई चिठि लेखन तालिम सम्पन्न गरिएको छ । जम्मा २२ जना प्रत्याभूत बालबालिकाहरुको सहभागितामा आफ्नो सहयोगी दातालाई कसरी चिठि लेख्ने, सहयोगि दाताले आफ्नो प्रत्याभूत बालबालिकाहरुबाट के जान्न चाहन्छन् र चिठिमा के के कुराहरु लेख्नु हुँदैन भन्ने बारे जानकारी गराईएको थियो ।





