
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवको मृत्यु भएको छ । अध्यक्ष यादवको शुक्रबार राती १ बजे मृत्यु भएको हो ।
अध्यक्ष यादव पछिल्लो केही महिना यता बिरामी हुनुहुन्थयो । उहाँको शरीरमा ब्लडको मात्रा कम भएको थियो । तीन चार महिना अघि उहाँ लखनउ पुगेर समेत उपचार गराउनुभएको थियो ।
शुक्रबार पनि उहाँ बिरामी परेपछि उहाँलाई उपचारका लागि लगिएको थियो ।
२०७४ सालको निर्वाचनमा उहाँ एमालेबाट चुनाव जित्नुभएको थियो ।





