‘जब चार सय बेहुला-बेहुली एकै ठाउँमा भेला भए‘

एजेन्सी
लिमा । दक्षिण अमेरिकी मुलुक पेरूको राजधानी लिमामा शनिबार एउटा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

लिमाका मेयर जर्ज मुनोजको निगरानीमा भएको उक्त कार्यक्रमा दुई सय जोडीले एकैसाथ विवाह गरेका थिए ।

तीमध्ये सबैभन्दा बढी उमेरको जोडी ८७ र ८२ वर्षका थिए भने सबैभन्दा कान्छो जोडी २४ र १९ वर्षका थिए ।

लिमा नगरपालिकाले आफ्नो फेसबुक पेजबाट विवाह कार्यक्रमको लाइभ भिडिओ प्रसारण गरेको थियो ।

विवाहमा सहभागी हुन नपाएका बेहुला-बेहुलीका आफन्तका लागि लाइभ गरिएको थियो ।

विवाह समारोहमा जानुअघि सबै बेहुला-बहुलीको स्वास्थ्य परीक्षण गरएको थियो ।

पेरूमा अहिलेसम्म कोरोनाभाइरसबाट झन्डै २ लाख मानिसको मृत्यु भइसकेको छ भने साढे २१ लाख मानिस संक्रमित भएका छन् ।

विवाह गर्न आएकालाई नगरपालिकाका अधिकारीहरूले फलफूलको बास्केट दिएका थिए भने कफी पनि खुवाएका थिए ।

मेयर मुनोजले उनीहरूको विवाह भएको बताएपछि उपस्थितले आफ्नो जोडीलाई चुम्बन गरेका थिए ।

केहीबेरपछि उनीहरूले विवाह दर्ताको प्रमाणपत्र पाएका थिए ।

Previous articleकाबुल विमानस्थलनजिकै अमेरिकाको ड्रोन आक्रमण, सर्वसाधारण पनि मारिएको आशंका
Next articleबेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गरिनुपर्नेमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here