रगतको अभाव कम गर्न नेपालगञ्जमा ७५ जनाद्धारा रक्तदान

नेपालगञ्ज । पछिल्लो समय बाँकेमा रागतको अभाव बढ्दै गएपछि जिल्लामा रहेका बिभिन्न संघसंस्थाहरु मिलेर रक्तदान कार्यक्रम गरेका छन् ।

मंगलबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी बृहत रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा आयोजक संस्थाका कर्मचारी, प्रतिनिधिले रक्तदान गरेका छन् । कार्यक्रममार्फत ७५ जना युवाले रक्रदान गरेका छन् ।

नेपालगन्ज जेसिस अध्यक्ष रेशमलाल चापागाईको अध्यक्षतामा शुरु भएको कार्यक्रम उद्घाटन शत्रलाई सम्बोधन गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोशीले युवा समाजले समाजमा ठुलो योगदान पुर्याइरहेकाले मानवताको कार्य पनि त्यही भूमिका निर्वाह गर्ने माध्यम भएको बताउनुभयो ।उहाँले पछिल्लो समय बाँकेको नेपालगञ्जका युवाहरु लागुपदार्थ दुव्र्यसनीमा बढ्ने क्रममा बृद्धि भएको बताउनुभयो । यस्तै यस्तै समाजिक कार्यक्रममार्फत युवाहरुलाई मानसिक तवरले राम्रा काममा प्ररित गर्न सकिने बताउनुभयो ।

समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोग तथा समन्वयमा नेपालगन्ज जेसिज, नेपालगन्ज जेसिज जुनियर, आइ अए मई लाइफ, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल मानव धर्म नेपालगन्ज, बास, बेटर बाँके, योगदान राष्ट्रको लागि जिल्ला समिति बाँके, कसौधन वैश्य समाज, युवा मञ्च लगायत संस्थाको संयुक्त रुपमा कार्यक्रम आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक आदित्य गुप्ताले जानकारी दिनुभयो ।

नेपालगञ्ज जेसीजले प्रत्येक वर्ष जेसी सप्ताहमार्फत बिभिन्न सामाजिक कार्यक्रम तथा अन्य समयमा पनि बिभिन्न निकायसंग समन्वय सहकार्य गर्दे कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Previous articleभारत नेपाल वल्मा सम्मेलन सम्पन्न , वल्माले दिए नेपाली चिनो
Next articleबास/ब्राईटल्याण्ड युवा पुरस्कार-२०२१ बर्मालाई प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here