बास/ब्राईटल्याण्ड युवा पुरस्कार-२०२१ बर्मालाई प्रदान

नेपालगञ्ज । बाँकेमा प्रत्येक वर्ष युवा दिवसका अवसरमा प्रदान गरिँदै आएको बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१ यस वर्ष आशिष बर्मालाई प्रदान गरिएको छ ।

बागेश्वरी असल शासन क्लब बाँकेले युवा सवाल, वकालत तथा समाजको हितमा रहेर काम गर्दै आएकामध्ये बिशिष्ट योगदान पुर्याउने एक जनालाई युवालाई सो पुरस्कार प्रदान गर्दै आएको हो ।

मंगलबार नेपालगञ्जमा एक कार्यक्रमका आयोजना गरी प्रदेश सांसद कृष्णा केसी (नमूना), नेपालगञ्ज उपमहानगरपालिका वडा नं २२ का वडा अध्यक्ष बिद्यालराम बर्मा, बासका अध्यक्ष रमेश सिटौला, बासका निर्देशक नमस्कार शाह, ब्राईटल्याण्डका संचालक बिजय लामा लगायतले संयुक्त रुपमा रु १५ हजार नगदसहित बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१ आशिषलाई प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सांसद केसीले समाजको अगुवाई गर्ने काम युवाहरुले गर्नुपर्ने र निरन्तर गरिरनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले राजनीतिक पार्टीको अगुवाई गर्ने नभएर समाजको हितमा रहेर नेतृत्व गर्ने कार्यलाई युवा जमातले निरन्तरता दिन आवश्यक पनि रहेको बताउनुभयो ।

Previous articleरगतको अभाव कम गर्न नेपालगञ्जमा ७५ जनाद्धारा रक्तदान
Next article१० जनालाई पुष्प खेती तालिम प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here