स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर बिद्यालय खोल्न पाइने

नेपालगञ्ज । बाँकेको बिदालय खोल्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार बसेको बैठकले शैक्षिक संस्थाहरु खोल्नका लागि स्थानीय तहको सिफारिसका आधारमा बिद्यालय संचालन गर्न सकिने जनाइएको छ ।

प्रशासनद्धारा जारी गरिएको बिज्ञप्तिमा शैक्षिक संस्थाहरुको भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहरुले जिल्ला कोभिड व्यवस्थापन समितिसंग समन्वय गरेर मात्र बिद्यालय संचालनको निर्णय गर्नुपर्ने उल्लेख छ ।

यस्तै जिल्लामा जारी लकडाउनलाई आर्को आदेश जारी नभएसम्मका लागि जारी रहने समेत जनाएको छ । यस्तै धार्मिक चाडपर्वहरु मनाउँदा स्वास्थ्यको मापदण्ड पूर्ण पालना गरेर न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र माउने आदेश भएको छ ।

Previous articleजयेन्दु बाल सुधार गृहमा आँखा तथा कान शिविर
Next articleनेपालगञ्जमा मनोरञ्जन क्षेत्र व्यवस्थित बनाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here