
नेपालगञ्ज । डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृह बाँकेमा निःशुल्क आँखा तथा कान शिविर सम्पन्न भएको छ ।
असमानपुरस्थित सुधार गृहमा सम्पन्न निस्शुल्क आँखा तथा कान उपचार शिविरमा १६२ जनाको आँखा जाँच गरी निस्शुल्क औषधि बितरण गरिएको छ ।
चेकजाँच गरिएकामध्ये २५ जनालाई चस्मा लगाउनु पर्ने देखिएकोले फत्तेबाल आँखा अस्पताल नेपालगञ्ज रिफर गरिएको छ । यस्तै शिबिरमा ११३ जनाको कानको जाँच जरी निस्शुल्क औषधि बितरण गरिएको छ ।
त्यस मध्ये ७ जनाको कानको जाली फुटेको देखिएको र कान पाक्ने समस्या रहेको पाइएको छ । उनीहरुलाई कानको जाली टाल्ने अप्रेशन गर्नुपर्ने भएकाले ब्रिनोज कान स्वास्थ्य सेवा फुल्टेक्रा रिफर गरिएको छ ।
शिविरको जिल्ला न्यायाधीश खडानन्द तिवारी र मुख जिल्ला अधिकारी शिवराम गेलालले कानूनको विवादमा परेका बालकहरूलाई औषधि हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो ।





