नरैनापुरदेखि अगैया जोड्ने साढे १६ किमी सडकबारे सांसद अथकद्धारा छलफल

नेपालगञ्ज । बाँके निर्वाचन क्षेत्र नम्बर १ का सघीयय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रको रणनैतिक सडकको कार्यान्वयनको अवस्थाका बिषयमा छलफल गर्नुभएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा निर्माण शुरु हुन लागेको १ अर्व ४२ करोड लागत स्टीमेट रहेको साढे १६ किलोमिटर सडकका बिषयमा सांसद अथकले शुक्रबार सडक डिभिजन कार्यालय बाँकेका प्रमुख र प्राबिधिकहरु सँग छलफल गर्नु भएको हो ।

नरैनापुरदेखि अगैया जोड्ने साढे १६ कि मी को उक्त सडकको डि पि आर तयार भई सकेको छ । उक्त सडकमा ३९ वटा ठुला ह्युम पाइप र २१ वटा स्ल्याप कल्भट रहनेछ ।

निर्वाचन क्षेत्र रणनैतिक सडकले नरैनापुर र राप्तीसोनारी लगायतका जनताहरुलाई आवागमनमा सुबिधा पुग्नेछ । यस्तै सांसद अथकले जिल्लाको समग्र अवस्थाको बारेमा शुक्रबार नै बाँकेका प्रमुख जिल्ला अधिकारीसँग समेत छलफल गर्नु भएको छ ।

Previous articleबैजनाथ गाउँपालिको पनि दियो बिद्यालय संचालनको अनुमति
Next articleबाल विवाह न्यूनिकरणका लागि सराेकारवालासंग संवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here