बाल विवाह न्यूनिकरणका लागि सराेकारवालासंग संवाद

नेपालगन्ज । बाल विवाह न्यूनीकरणका लागि सरोकारवालाहरुसँगको संवाद सम्पन्न भएको छ ।

सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल, बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा वडा स्तरमा सो बारे सचेतनात्मक सहजीकरण गरिएको हो ।

बाल विवाह रोकथाम परियोजना अन्तरगत कार्यक्रममा ५ वटा पालिकाहरुबाट वडा अध्यक्ष तथा प्रहरी प्रमुखहरुको लगाएत ३५ जनाको उपस्थित रहेको थियो ।

जानकी गाँउपालिका वडा नं. ४ का अध्यक्ष विश्राम बर्मा, खजुरा ३ का अध्यक्ष कन्तुराम गौतम, नेपालगन्ज उप–महानगरपालिका वडा नं. ७ वडा अध्यक्ष जुमन खा“, नेपालगन्ज २२ का वडा अध्यक्ष विद्याराम बर्मा, नेपालगन्ज १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेत, २ का वडा अध्यक्ष सुरेन्द्र सिंह हमाल, १२ वडा अध्यक्ष बुद्धिसगर सुवेदी, नरैनापुर, डुडुवा, बाल क्लब, युवा क्लब, लगायत रहनुभएकाे थियाे ।

उक्त कार्यक्रममा बोल्दै ७ का वडा अध्यक्ष जुमन खाँ अहिले बाँकेमा ८० प्रतिशत बाल विवाह कम भएको छ । कहिले कही कानुनमा नगएर व्यवहारीक रुपमा जानुपर्छ खाँले बताउनुभयाे ।

समुदायमा जनचेतना फैलाउने ८० प्रतिशत भइसकेको वडा अध्यक्ष खाँले जानकारी दिनुभयो । सूचनाको आधारमा कारवाही गर्नुपर्छ र नेपाल प्रहरीले सूचना गोप्यनियता राख्नुपर्छ अधिवक्ता बसन्त गौतमले बताउनुभयाे भने सो कार्यक्रमको अधिवक्ता गौतमले सहजीकरणमा बोल्दै सूचनाको आधारमा कारवाही गर्नुपर्छ र नेपाल प्रहरीले सूचना गोप्यनियता राख्नुपर्छ अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो ।

क्षेत्रीय कार्यालयले सुर्खेतकी क्षेत्रिय प्रबन्ध मीना पराजुलीले बाल विवाह रोकथाममा प्रहरीको भुमिका अनिवार्य तथा महत्वपूर्ण रहेकोमा जोड दिनुभएको थियो । बाँके जिल्लामा अहिले सम्म १५ वटा वडाहरु बाल विवाह मुक्त घोषणा भैसकेको जसमा (स्याक) नेपाल, बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा भएको जगदिश थापाले बताए ।यस कार्यक्रममा स्याक नेपालका अध्यक्ष शिवालाल पाण्डेले गर्नु भएको थियो ।

Previous articleनरैनापुरदेखि अगैया जोड्ने साढे १६ किमी सडकबारे सांसद अथकद्धारा छलफल
Next article४ किलो सुनसहित नेपालगञ्ज बिमानस्थलबाट दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here