बैजनाथ गाउँपालिको पनि दियो बिद्यालय संचालनको अनुमति

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउाँपालिकाले पनि शैक्षिक संस्था संचालनको अनुमति दिएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार एक पत्र जारी गर्दै २० गतेदेखि सम्पूर्ण शैक्षिक संस्थाहरुको कक्षा संचालनको अनुमित दिएको हो ।

गाउँपालिका शिक्षा शाखा अधिकृत बिश्वराज ढकालले शुक्रबारको बैठकबाट सरकारी तथा संस्थागत बिद्यालय संचालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

जारी पत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेको भाद्र १७ गतेको सूचना तथा बैजनाथ गाउँपालिका शिक्षा समितिको शुक्रबार बसेको बैठकको निर्णय अनुसार हाल यस पालिका भित्र कोभिड संक्रमणको प्रभाव शून्य रहेकोले बिद्यालय संचालन गर्ने भन्ने निर्णय भएको हुँदा भाद्र २० गतेदेखि स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पालन गर्ने गरी बिद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा संचालन गर्न अनुरोध गरिएको उल्लेख छ ।

बाँकेमा यसअघि बिहीबार खजुरा गाउँपालिकाले यही भाद्र २१ गतेदेखि पठनपाठन संचालनको अनुमित दिएको छ ।

Previous articleमधुवनको शक्तिपुर नाकामा सूचना तथा परामर्श केन्द्र संचालन
Next articleनरैनापुरदेखि अगैया जोड्ने साढे १६ किमी सडकबारे सांसद अथकद्धारा छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here