४ किलो सुनसहित नेपालगञ्ज बिमानस्थलबाट दुई जना पक्राउ

नेपालगञ्ज । बाँकेमा ४ किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज बिमानस्थलबाट ४ किलो सुनसहित दुई जना पक्राउ परेका हुन ।

बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार काठमाण्डौदेखि आएका झापा जिल्लाका दुई जना व्यक्तिहरु ४ किलो बढि सुनसहित पक्राउ परेका हुन । शुक्रबार राति ८ बजे पत्रकार सम्मेलनमार्फत बाँके प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेकाे छ । पक्राउ परेकाहरूबाट ४ किलाे २१.४९ ग्राम सुन जस्ताे भेटिएको बस्तु समेत सार्वजनिक गरेकाे छ । दुई वटा बिस्कुट सिंगै र चार वटा टुक्रामा दुई बिस्कुट र तिलहरी तथा कँडा बरामद गरेकाे छ । बस्तु सुन भए नभएको पुष्टि हुन बाँके रहेकाे र बरामद बस्तुलाई राजश्व अनुसन्धान काेहलपुर बुझाईने प्रहरीले जनाएको छ ।

Previous articleबाल विवाह न्यूनिकरणका लागि सराेकारवालासंग संवाद
Next articleनमुना युवा क्लबको पहिलो बार्षिक साधारण सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here