नमुना युवा क्लबको पहिलो बार्षिक साधारण सभा सम्पन्न

नरैनापुर । नरैनापुर गाउँपालिकाको वडा नं.६ मा स्थापना भएको नमुना युवा क्लबको पहिलो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

नरैनापुर गाउँपालिका वडा नं-६ का वडा अध्यक्ष बिरेन्द्रपाल सिहंको प्रमुख अतिथिमा सो साधारण सभा सम्पन्न भएको छ । नमुना युवा क्लबको साधारण सभामा शुभकामना मन्तब्य क्लबका सदस्य जिवन परियारले राख्नुभयाे ।

सो साधारण सभामा बार्षिका प्रगति तथ आर्थिक प्रतिवेदन क्लबका सचिव नरेन्द्र थापाले प्रस्तुत गर्नुभयाे । सो साधारण सभामा सभ्य समाज नेपालका अध्यक्ष एवं जनता समाजवादी पार्टी क्षेत्र नं.२ को सभापति सूर्यलाल यादव, शिक्षक महासंघ डुडुवाका अध्यक्ष भुपेन्द्र रेग्मी, वडा नं.६ का सचिव जिवनलाल यादव लगायत ब्यक्तित्वहरुले क्लबलाई शुभकामना ब्यक्त गर्नुभयाे ।

सो साधारण सभाका प्रमुख अतिथि नरैनापुर गाउँपालिका वडा नं-६ का वडा अध्यक्ष बिरेन्द्रपाल सिहंले छोटो समयमै नमुना युवा क्लबले समाजमा सराहनीय कार्य गरेको र आगागी दिनहरुमा पनि समाजमा सचेतनामुलक कार्यक्रम गर्न हुन अनुरोध गर्नुभएको छ ।

सो पहिलो साधारण सभा नमुना युवा क्लबका अध्यक्ष कमल बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन अरुण यादवले गर्नुभएकाे थियो ।

नमुना युवा क्लबले पछिल्लो समय पर्यटनको हिसाबले चर्चित सन्तानेश्र मन्दिरको सरसफाई ब्यवस्थापनमा उल्लेखनीय भुमिका खेलेको छ ।

Previous article४ किलो सुनसहित नेपालगञ्ज बिमानस्थलबाट दुई जना पक्राउ
Next articleसफा भयो मालपोत कार्यालय बाँकेमा देखिएको फोहर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here