अबैध असुली गर्ने रुपैडिहाका पत्रकार सोनी पक्राउ

नेपालगञ्ज । नेपाल भारत सीमा नाका रुपैडियामा असुली धन्दा चलाएको आरोपमा पत्रकार राम जी सोनी पक्राउ परेका छन् ।

पत्रकार सोनीले लागू औषध तस्करहरुलाई धम्क्याएर रकम असुली गर्ने गरेको पाइएको छ । उनलाई त्यही अभियोगमा आज रुपैडियाबाट पक्राउ गरिएको रुपैडिया थानाले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको रुपैडिया प्रहरीले जनाएको छ । उनले सीमामा खटिएको भारतिय र नेपाल प्रहरीलाई समेत धम्क्याउने गरेका थिए । उनी सुदर्शन न्यूजमा आबद्ध पत्रकार हुन्।

वरिष्ठ उप निरीक्षक रुदलबहादुर सिंहको टोलीले सोनीलाई पक्राउ गरेको हो ।

Previous articleसफा भयो मालपोत कार्यालय बाँकेमा देखिएको फोहर
Next articleकब्रस्तानको हिसाव सार्वजनिक गर्न माग गर्दै समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here