कब्रस्तानको हिसाव सार्वजनिक गर्न माग गर्दै समिति गठन

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका ४ स्थित कव्रिस्तानको हिसावकिताव सार्वजनिकरुपमा सार्वजनिक माग गर्न दवाव दिने उद्देश्यले संर्घष समिति गठन भएको छ । स्थानीय बाबु खाँ पठानको संयोजकत्वमा १७ सदस्यिय समिति बनेको हो ।

कब्रिस्तानको हर हिसाव किताव सार्वजनिक गर्न समितिले माग गरेको छ । कव्रिस्तान व्यवस्थापन समितिका अहिलेका अध्यक्ष याकुव अन्सारी नेतृत्वको समितिले हिसाव कितावलाई गोलमोटल पारेको स्थानीयहरुको आरोप छ ।

७ वर्ष देखि समितिले भेला बोलाएको छैन् । समितिको साधारणसभा पनि हुन सकेको छैन् । अध्यक्ष अध्यक्ष याकुव अन्सारीका अनुसार कव्रिस्तानका ६२ वटा सटर छन् ।

ती सटरबाट मासिक एक लाखको हाराहारीमा भाडा उठ्ने गरेको छ । तर उक्त रकम स्पष्टसँग सार्वजनिक हुन सकिरहेको छैन् ।

यस्तो अवस्थामा कव्रिस्तानमाथि पक्की सटर निर्माण गर्न थालेपछि याकुव नेतृत्वको समितिको चर्को आलोचना भइरहेको छ । स्थानीयले सटर निर्माण रोकिदिएका छन् ।

कव्रिस्तानमाथि यसरी सटर बनाउनु इस्लाम धर्म विपरीत कार्य भएको स्थानीय बताउँछन् । सार्वजनिक क्रियाकलापको हर हिसाव किताव सार्वजनिक गर्नुको साटो हिनामिना गर्नु इस्लाम धर्म विपरीत कार्य भएको अगुवाहरु बताउँछन् ।

संघर्ष समितिले कव्रिस्तानको हरहिसाव किताव सार्वजनिक गर्न दवाव दिने उद्देश्यले स्थानीय प्रशासन समेत गुहारेको छ ।

उक्त कार्यक्रममा वडा अध्यक्ष जुम्मन खान, रिजवान शेष, बाबू पठान, महिला अधिकार कर्मी वहिदा शाह, आरिफ अन्सारी, सब्बिर अन्सारी, आलम खान, अनिस शाह, अखबर खाँ, माजिद अलि शेष, अस्लम अन्सारी, फिरोज हलवाइ वारसी, जामा मस्जिद का महासचिव इरफान सिद्दिकि, मुस्ताक अन्सारी, मेराज लगायतको बाक्लो उपस्थिति थियो ।

Previous articleअबैध असुली गर्ने रुपैडिहाका पत्रकार सोनी पक्राउ
Next article६ कोठासहितको दुइ तले पक्की तथा बालमैत्री शौचालय भवनको शिलन्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here