राप्ती प्रादेशिक अस्पताल प्रकरण : हिरासतमै अनसनरत बिद्यार्थी नेताहरुको स्वास्थ्य बिग्रिदै

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुखलाई दुव्र्यहार गरेको आरोपमा पक्राउ परेका बिद्यार्थी संगठनका नेताहरु सर्जन परियार र दिवश क्षेत्रीले प्रहरी हिरासतमै भोक हड्ताल सुरु गर्नुभएको छ ।

प्रहरी कार्यालयमा उपस्थित हुनु अघि परियारले सामाजिक संजाल फेसवुकमा भोक हड्ताल गर्ने घोषणा गर्नुभएको थियो । गत भदौ १५ गते आत्मसर्मपण गदै प्रहरी कार्यालयमा उपस्थित हुनु भएका दुवै जनाले सोहि दिनदेखि भोक हडताल थाल्नुभएको थियो । उहाँहरुले प्रहरी हिरासतमै भोक हड्ताल थालेको एक हप्ता वितिसकेको छ ।

यस विचमा उहाँहरुको स्वास्थ्यमा समेत समस्या आएको आफन्तहरुले बताएका छन । श्वास्थ्य क्षेत्रमा भएको विकृती रोक्न र सर्वसाधरण नागरिकको उपचार सर्वसुलभ तरिकाले हुनुपर्ने माग राख्दै प्रहरी हिरासतमा दुबै जनाले भोक हड्ताल थालेका हुन ।

चिकित्सकहरु डिउडीको समयमा अस्पतालमा नहुनु, चेकजाँच तथा ल्याव एक्सरे सेवाको लागि नागरिकलाई नीजि मेडिकलमा जान प्रेरित गर्नु जस्ता कार्य बन्द हुनुपर्ने अनसनरतको माग छ ।

साथै अनसनरत दुबै जनाले सरकारी अस्पतालहरुमा भएको वेथितिलाई अनुगमन गर्नुपर्ने माग पनि गरेका छन् । गत भदौ ११ गते प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमााथि कार्यकक्षमै कालोमोसो दलेर दुव्र्यहार गरेको आरोपमा दुबै जना पक्राउ परेका हुन ।

सोहि घटनामा संलग्न भएको आरोपमा परियार र क्षेत्रि सहित गणेश खड्का, डिल्ली डाँगी पक्राउ परेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Previous articleएक किलाे बढि चरेससहित रूपैडिहामा एक नेपाली पक्राउ
Next articleतिजको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघद्धारा शुभकामना आदान प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here