
नेपालगञ्ज । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज २०७८ को शुभकामना आदान प्रदान गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ नेपालगञ्ज नगर कार्यसमितिले सोमबार नेपालगञ्जमा शुभकामना आदान प्रदान गरेको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोईरालले नेपाली नारीहरुमा नेतृत्व क्षमता बृद्धिमा जोड दिनुभयो । पर्वले नेपाली नारीहरुबीच भएको खाड्ल पनि समाप्त होस भन्ने शुभकामना दिनुभयो ।
महिला महिला बीचको सोंच र सम्बन्ध राम्रो भएमा धेरै जसो ठाउँहरुमा नारीहरुले नेतृत्व गर्ने अवसर प्राप्त गर्न सक्ने बताउनुभयो ।
यस्तै नेपालगञ्ज मेडिकल कलेज कर्मचारी संघका केन्द्रीय सभापति याम बहादुर खड्काले पर्वले सबै हिन्दु नारीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत महिलाहरु सधै अरुको स्वास्थ्यमा ख्याल गर्ने तर आफ्नो स्वास्थ्यप्रति कमै समय दिनसक्ने भएकाले ती सबै महिला स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको कामना गर्नुभयो ।
नगर कार्यसमितिका सचिव जागेश्वर बस्नेतले संचालन गर्नुभएको कार्यक्रममा ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका सहसचिव सरोज शाह लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । उद्घाटनपछि उपस्थित महिला स्वास्थयकर्मीहरु नाचेर रमाईलो गरेका थिए ।





