तिजको अवसरमा शुभकामना तथा भेटघाट कार्यक्रम

नेपालगञ्ज । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको समय एक दुई दिन मात्र बाँकी रहँदा नेपालगञ्जमा तिजको अवसरमा रमाईलो भेटघाट कार्यक्रमले तिब्रता पाएको छ ।

तिजको नजिकिएसंगै नेपालगञ्ज, खजुरा, कोहलपुर लगायत जिल्लाका बिभिन्न क्षेत्रमा तिजको अवसरमा भेटघाट, शुभकामना साटासाट कार्यक्रमले तिब्रता पाएको हो ।

यस अवसरमा रेष्टुरेण्ट, पार्क, सार्वजनिक पिकनिक स्पट लगायतका स्थानहरुमा दैनिक धेरै संख्यामा समूहरुको यस्तो कार्यक्रमहरु भइरहेका छन् । तिजको अवसरमा लामो समयसम भेट नभएका साथीहरुसंग भेट हुन पाउने अवसर, त्यसैगरी काम गर्ने स्थलका कर्मचारीहरुबीचमा आत्मिय सम्बन्ध निर्माण गर्ने अवसर जस्ता कुराहरुलाई ध्यान दिँदै शुभकामना तथा भेटघाट कार्यक्रमहरु भइरहेका हुन ।

दैनिक जसो संघ संस्थाहरुको समूह, बिभिन्न कार्यालयहरुका शाखाहरु लगायत अन्य व्यवसायीक क्षेत्रहरुबीच तिजको भेटघाट तथा शुभकामना साटासाट कार्यक्रमहरु भइरहेका छन् । यसै क्रममा मंगलबार नेपालगञ्जका आर्युवेदसंग सम्बन्धितहरुले शुभकामना साटासाट तथा भेटघाट कार्यक्रम गरेका छन् ।

प्रमुख र कर्मचारी बिचमा रहेको डर कम गर्न तथा आत्मिय व्यवहार निर्माण होस भनेर तिजको अवसरमा भेटघाट तथा शुभकामना साटासाट कार्यक्रम गरिएको नेपालगञ्ज उपमहानगरपालिका आर्युवेद शाखाका प्रमुख ब्रज भुषण झाले बताउनुभयो । उहाँका अनुसार यस किसिमको भेटघाटले सुमधुर सम्बन्ध निर्माणमा सहयोग पुर्याउँछ ।

Previous articleबैजनाथ छमनियामा बिद्यार्थीरुले गरे सुक्ष्म स्वास्थ्य कार्यक्रम
Next article५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here