
बैजनाथ । नेपालगञ्ज टेक्निकल कलेज सामान्य चिकित्सा तेर्सो बर्षका बिद्यार्थीहरुले बाँकेको बैजनाथमा सामुदायिक स्वास्थ्य निरुपण अन्तर्गत सुक्ष्म स्वास्थ्य कार्यक्रम गरेका छन् ।
तेस्रो वर्षका बिद्यार्थीहरुले पाठ्यक्रम अनुसार दुई महिने सामुदायिक स्वास्थ्य निरुपण अन्तर्गत पर्ने सुक्ष्म स्वास्थ्य परियोजना कार्यक्रम बैजनाथ गाउँपालिकाको वडा नं ५ छमनिया मंगलबार गरेका हुन ।
उक्त कार्यक्रम कलेजका समूह बीका समूह लिडर रोसन रावलको सभाध्यक्षमा, बैजनाथ गाउँपालिका वडा नं ५ का वडा सदस्य नारायण थारुको प्रमुख अतिथ्यतामा गरिएको हो ।
कार्यक्रममा कलेजको स्वास्थ्य तथा बिज्ञान शाखाका प्रशिक्षक एवम् फिल्ड सुपरभाइजर विवेक कुमार चौधरी र बैजनाथ गाउँपालिका प्राथमिक स्वास्थय केन्द्रका स्वास्थ्यकर्मी दिपेन्द्र शाहीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा जनचेतनामूलक नाटक, नृत्य र विभिन्न शिर्षकमा प्रदशनी गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई बिद्यार्थीहरुले धन्यवाद समेत दिएका छन् । कार्यक्रम नर प्रसाद जैसीले संचालन गर्नुभएको थियो ।







