
खजुरा । बाँकेको खजुरा गाउँपालिकाले गाउँपालिकाभित्रका ३१ जनालाई सम्मानित गरेको छ । ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ शिक्षकका रुपमा ३१ जनालाई प्रमाण पत्र दोसल्ला तथा नगद रुपैयाले सम्मानित गरेको हो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बिक र प्रमुख प्रशासकीय अधिकृत मणीराम खराल लगायतले प्रअ तथा शिक्षकलाई प्रमाणपत्र, दोसल्ला तथा नगद रुपैयाले सम्मान प्रदान गर्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष एकमाया बिकले पालिकास्तरको साक्षरता दर न्युन भइसेको र साक्षरता पालिका समेत घोषणा गरिसकेपनि केहि कुराहरु रहेकाले सबै पक्षले महत्वपुर्ण रुपमा आआफानो तर्फदेखि लाग्नु पर्ने कुरामा जोड दिनुका साथै पुरस्कृत हुने शिक्षक तथा बिधालयलाइ स्वागत तथा सुभकामना दिनुभयो ।
कार्यक्रमका सभापति एवं गाउपालिका प्रमुख तथा शिक्षा समितिका अध्यक्ष कक्षपतीले बिधालय स्तरको शिक्षा नमुना बनाउनका लागि पालिकाले बिभिन्न खाले कार्यक्रमहरु ल्याइरहेको र पालिका स्तरमा काम गर्ने दातृनिकाय, गैसससंग सहकार्य गरी बालमैत्री, लैगिंक मैत्री शिक्षण पद्धति तथा नमुना बिधालयको रुपमा हेर्न चाहेको तथा सोही अनुसारको योजनाका साथ पालिका अगाडी बढेको बताउनु भयो ।
बिधालयको शैक्षिक गुणस्तर बृद्धिका लागि बिधालय व्यवस्थापन समिति शिक्षक प्रधानाध्यापकहरुको महत्वपुर्ण भुमिका हुने भएकाले मात्र गुणस्तरीय शिक्षा बालबालिकाले हासिल गर्ने भएको हुँदा पालिकाले राम्रो गर्ने सरोकारवालाहरुलाइ सम्मान तथा पुरस्कृत गर्ने योजना समेत रहेको बताउनुभयो ।
गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक बिद्यालयका उत्कृष्ठ छनौट गरी प्रधानाध्यापक तथा शिक्षकहरुलाई सम्मान प्रदान गरिएको छ ।
शाखा उत्कृष्ठ हुनका लागि सार्वजनिक सूचना जारी गरी स्वमुल्याकंन फारम भरेकाहरुमध्येबाट ३१ जनालाई छनौट गरिएको शाखा प्रमुख मल्लले जानकारी दिनभुयो ।
स्वामुल्याँकन फारम भरेका १७५ जनाले मध्ये गाउँपालिका शिक्षा समिति तथा शाखाले बिभिन्न आधारहरुलाई ध्यान उत्कृष्ठ छनौट गरी पुरस्कारमा लाग्ने सरकारी करसहित तीन हजारका दरले पुरस्कृत गरिएको बताउनुभयो ।
गाउँपालिका शिक्षा शाखा, प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) लगायत बिभिन्न संघसंस्थाहरुको समन्वय सहकार्यमा दिवसका अवसरमा आयोजित कार्यक्रममा खजुराका दुई वटा बिद्यालयका बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
सो अवसरमा खजुरा गाउँपालिकाभित्र शिक्षा क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आएका र साक्षरता कार्यक्रमका लागि सहयोग गरेकालाई समेत दोसल्ला तथा प्रमाण पत्र प्रदान गरिएको छ ।





