आज हरितालिका तीज, भगवान शिवको आराधना गरिदै, बागेश्वरी मन्दिरमा दर्शनार्थीको भीड

नेपालगञ्ज । आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ । सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन् ।

हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको छ । निराहार ब्रत बस्ने, पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गर्ने क्रम दिनभर चलिहरहने छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव बर पाउँ भनी कठोर तपस्या गरेको कथामा यो पर्व आधारित रहेको छ । चिकित्सकहरुले भने कोरोना महामारीको जोखिम अहिले पनि रहेकाले भौतिक दूरी कायम राख्ने र बढी भीडभाड नगरी तीज पर्व मनाउनु पर्ने सुझाव दिएका छन् ।

Previous articleसाक्षरता दिवसमा उत्कृष्ठ शिक्षक र बिद्यालय सम्मानित
Next articleएकीकृत समाजवादीमा जान पाउँ भन्दै दुई सांसदको सर्वोच्चमा रिट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here