ट्राउजरमा राखेर ब्राउन सुगर ल्याउँदै गरेका दुई जना जमुनाहबाट पक्राउ

नेपालगञ्ज । प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित नेपालगन्जको जमुनाह इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका–५ का २५ वर्षीय तिमशी रानामगर र गढवा गाउँपालिका–६ का २५ वर्षकै करण मल्ल रहेका छन् ।

रुपैडियाबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा तिमशीले लगाएको ट्राउजरको पछाडीको दाहिने खल्तीमा कालो प्लाष्टिकमा बेरेको ६ ग्राम ब्राउन सुगर बरामद भएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय जमुनाहको हिरासतमा राखेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।

Previous articleनेपाल-भारत मैत्रीपुर्ण साइकल यात्रा, सहभागिलाई नाकामा स्वागत
Next articleअवधी पत्रकार संघ बाँके शाखाको कार्यवाहक अध्यक्षमा शाहू चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here