नेपाल-भारत मैत्रीपुर्ण साइकल यात्रा, सहभागिलाई नाकामा स्वागत

नेपालगञ्ज । नेपालगन्ज साइक्लिङ क्लबले नेपाल-भारत मैत्रीपुर्ण साइकल यात्रा सम्पन्न गरेको छ । यही भाद्र २५ गते देखि २७ गतेसम्मको साइकल यात्रामा क्लवका अध्यक्ष गगन थापा, सदस्यहरु कविराम बुढाथोकी, श्रेय अग्रवाल सहभागी हुनुभएको थियो ।

सहभागीहरुले २५ गते बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरी, नेपालगन्ज उपमानगरपालिकामा वडा नं २ का अध्यक्ष सुनिल सिंह हमालले विदाई गर्दै साथै पुर्ण यात्राको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

बहराइचमा पत्रकार समक्ष कार्यक्रमको बारेमा जानकारी आदान प्रदान समेत गरिएको थियो भने लखनऊमा साइकलिङ क्लबका सदस्यहरुले स्वागत तथा छलफल कार्यक्रम समेत गरिएको थियो । साथै भाद्र २६ गते लखनऊमा पत्रकार समक्ष साक्षात्कार कार्यक्रम गरि यात्राको उद्धेश्य बारे प्रकाश पारिएको नेपालगन्ज साइक्लिङ क्लबका सदस्य बिजेन्द्र जिसीले जानकारी दिनुभयो ।

भाद्र २७ गते लखनऊबाट पुनः नेपालगन्जसम्मको यात्रा गरी आइतबार साँझ ६ बजे नेपालगन्जमा प्रवेश गरेका सहभागीलाई नेपाल–भारत सीमा जमुनाहामा राखेपका सदस्य सुमित्रा चौधरी, नेपालगंजका वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपालगन्जका सामाजिक अगुवा तेज विक्रम शाह, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका उपाध्यक्ष मिना डाँगी तथा क्लवका सदस्यहरुले फुलमाला र दोसल्ला ओढोएर स्वागत गर्नुभएको हो ।

सो साइक्लिङ यात्रामा नेपाल-भारत मैत्री संघका जिल्ला अध्यक्ष प्रदीप कुमार गुप्ताले यात्राको शुभकामना दिनु भएको थियो ।साइक्लिङको यात्राको माध्यमबाट नेपाल र भारत देशको आपसी मित्रता बढाउने तथा नेपाल पर्यटनलाई बढावा दिने रहेको नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष गगन थापाले बताउनुभयो ।

Previous articleब्राउन सुगरसहित नेपालगञ्जबाट दुई जना पक्राउ
Next articleट्राउजरमा राखेर ब्राउन सुगर ल्याउँदै गरेका दुई जना जमुनाहबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here