
जानकी । बाँकेको जानकी गाउँपालिका वडा नं ६ लाई आज बालविवाह मुक्त वडा घोषणा गरिएको छ । योसँगै जानकी गाउँपालिकाका अब ६ वटै वडा बालविवाहमुक्त घोषणा भएका छन् ।
बालविवाहमुक्त वडा घोषणा सभामा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बाँकेमै पहिलो पटक जानकी गाउँपालिकाको सबै वडा बालविवाह मुक्त घोषणा भएकोले अब भोली मंगलवार गाउँपालिकालाई नै बालविवाहमुक्त घोषणा गर्न थालिएको बताउनुभयो ।
उहाँले समाज परिवर्तनको लागि सबैको भूमिका महत्वपूण रहेकोले समाजमा रहेका कुसंस्कार परिवर्तन गर्न सजक हुनुपर्नेमा जोड दिनुभयो । बालविवाहमुक्त घोषणा पछि पनि यसप्रति बालबालिका बढि सचेत हुन जरुरी रहेको उहाँको भनाई थियो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बलविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रिय रुपमा लाग्नु पर्ने बताउनुभयो ।
बाँकेमा बालविवाह विरुद्धको अभियानमा सहकार्य गर्दै आएको सामाजिक सचेतन सरोकार मञ्च ९स्याक० बाँकेका अध्यक्ष शिवलाल पाण्डे बाँकेका आठवटै गाउँपालिकामा तीन वर्षदेखि बालविवाह विरुद्धको अभियान सञ्चालन गरेको बताउनुभयो ।
बालविवाह मुक्त वडा घोषणा पछि पनि बालविवाह विरुद्धको अभियान र गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिदै उहाँले वाषिक सर्भे गरेर बालविवाहलाई शून्यमा झार्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
जानकी गाउँपालिका वडा नं। ६ का अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य राजकुमार धोवी, वडा नं। ६ का सदस्य रामनरेश मौर्य,संस्थागत विकास सञ्जालका रणनीतिक सल्लाहकार बालकृष्ण महर्जन , त्रिवेणी विकास समाजका अध्यक्ष द्वारीकला महरा, कार्यक्रम संयोजक मिश्रीलाल यादव, पतिराम थारु लगायतले बालविवाह मुक्त समाज निर्माण गर्न नागरिक समाजको साथ र सहयोगको खाँचो औल्याएका थिए ।





