
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाको शहरी स्वास्थ्य केन्द्र फुल्टेक्रा ६ र स्वास्थ्य चौकी बसुदेवपुरमा निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शहरी स्वास्थ्य केन्द्र फुल्टेक्रा ६ मा सय जनाको आँखा परीक्षण गरी निस्शुल्क औषधि उपलब्ध गराइएको छ भने ११ जनाको निस्शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
यसैगरी बसुदेवपुर स्वास्थ्य चौकीमा १०३ जनाको आँखा परीक्षण गरी निस्शुल्क औषधि उपलब्ध गराइएको छ भने ३१ जनाको मोतिबिन्दुको निस्शुल्क शल्यक्रियाको लागि फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
यस्तै २०७८ भाद्र २९ गते मंगलबार स्वास्थ्य चौकी पुरैना र पुरैनीमा निःशुल्क आँखा शिविर सञ्चालन हुन लागेको फत्तेबाल आँखा अस्पतालले जनाइएको छ ।





