सशस्त्र प्रहरीद्धारा भन्सार छली ल्याउँदै गरेको सामान बरामद

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर नजिकैबाट आज सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ ।

विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको १ लाख ५८ हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर र मोटर पार्टस सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव निरीक्षक शाहीले बताउनुभयो ।

Previous articleनेपालगन्ज काेरियनपुरबाट अबैध रांगा नियन्त्रणमा
Next articleकर्मचारी कुटपिट घट्नाप्रति ट्रेड युनियनकाे गम्भीर ध्यानाकर्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here