युनेस्को क्लबद्धारा होल्डिङ सेन्टर कोहलपुरमा आउनेलाई खाना वितरण शुरु

बाँके । भारत बाहेकका विदेशी मुलुकहरुबाट फर्किनु भएका नेपालीहरुलाई राखेर गन्तव्यमा पुर्याउनका लागि कोहलपुरमा स्थापना गरिरएको होल्डिंग सेन्टरमा आउनेहरुलाई बाँके युनेस्को क्लबले खाना वितरण शुरु गरेको छ ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले कोहलपुरस्थित होल्डिंग सेन्टरमा विदेशबाट आउने नेपालीहरुलाई शनिवारबाट खाना उपलब्ध गराउन शुरु गरेको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।

उहाँले शनिवार विदेशबाट फर्किनु भएका १३ जनालाई खाना प्रदान गरिएको बताउँदै उहाँहरुमध्ये १२ जना कुवेत र १ जना दुबईबाट फर्किनु भएको बताउनु भयो ।

साउन ७ गतेसम्म खाना वितरण गर्ने सो कार्यक्रम जारी राखिने जनाउँदै संरक्षक सिद्दिकीले त्यसपछि लकडाउन बारे सरकारले गर्ने निर्णय कस्तो हुन्छ सोही अनुसार गरिने बताउनु भयो ।

कोहलपुर नगरपालिका एवं जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वय र नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीय जनप्रतिनिधको सहयोगमा खाना वितरण कार्य भैरहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

यसअघि प्लान इन्टरनेसनल नेपालकै सहयोगमा क्लबले सो होल्डिंग सेन्टरका लागि विभिन्न प्रकारका स्वास्थ्य सामाग्री र अन्य सामाग्री प्रदान गरेको थियो ।

भारत बाहेका विदेशी मुलुकबाट फर्किनु भएका पश्चिम नेपालका नेपालीहरुलार्ई घर पठाउनु भन्दा पहिले सो सेन्टरमा राखेर आवश्यक परामर्श दिनुका साथै अन्य आवश्यक प्रक्रिया पुरा गरेर उनिहरुलाई घरतर्फ पठाइने गरिएको बाँके प्रशासनले जनाएको छ ।

जमुनाहमा तयारी खानासंगै पानी र मास्क वितरण जारी
बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा यहाँस्थित नेपाल भारत जमुनाह नाकामा भारतबाट फर्किने नेपालीका लागि शुरु गरेको तयारी खानेकुराको प्याकेटसंगै पानी र मास्क वितरण कार्य अझै पनि जारी रहेको छ ।

जेठ २२ गतेबाट शुरु गरिएको सो वितरण कार्यक्रम अनुसार शनिवारसम्म भारतबाट फर्किएका १८ हजार बढी नेपालीहरुलाई उक्त खानेकुरा र मास्क वितरण गरिएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताउनु भयो ।

उहाँले सो वितरण पनि साउन ७ गतेसम्म जारी रहने जनाउँदै त्यसपछि सरकारले लकडाउन बारे गर्ने निर्णयलाई हेरेर थप निर्णय गरिने बताउनु भयो ।

Previous articleबाँकेकाे खजुराका थप पाँच जनामा काेराेना पुष्टि
Next articleराप्ती तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here