
बाँके । बाँकेकाे खजुरामा थप पाँच जना काेराेना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगन्जका अनुसार शनिबार खजुराका पाँच जनासहित २० जना काेराेना संक्रमित भेटिएकाे पुष्टि गरेकाे छ ।
अस्पतालले जारी गरेको सूचना अनुसार शनिबार बाँकेकाे खजुरा गाउँपालिका वडा न-३ का २६, २८, ३५, ३९ र ४५ वर्षीय व्यक्तिहरूमा संक्रमण देखिएकाे छ । संक्रमण देखिएकाे ३५ वर्षीया महिला पनि छन् ।
त्यस्तै शनिबार नै भएकाे परीक्षण अनुसार बर्दियाकाे ठाकुरबाबाका १० जना र दाङकाे गढवाका ५ जनामा समेत संक्रमण पुष्टि भएकाे छ । 





