
नेपालगन्ज । बाँकेले खजुरा गाउँपालिका वडा नं ७ स्थित स्वास्थ्य चौकी सोनपुरमा कोभिड-१९ सहायता कक्ष स्थापना गरिएको छ ।
सहायता कक्षलाई हालका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री एन्टिजेन किट २०० वटा, अफिस टेबल १ थान, कुर्सी १ थान, पंखा १ थान, माक्स २५००, सेनिटाइजर १० थान ग्लोब्स, २ बक्स र सरसफाई किट सामाग्रीहरु खजुरा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेललाई हस्तान्तरण गर्दै सहकर्मी समाज कोहलपुरले सहायता कक्षको स्थापना गरेको हो ।
कार्यक्रममा बोल्दै सहकर्मी समाजकी अन्जु गुरुङ्गले सहायता कक्षलाई प्रभावकारी तरिकाले सन्चालन गर्न आवश्यक सामाग्री र सहयोगको लागि संस्था सधै तयार रहने बताउनुभयो ।
१ देखि ८ नम्बर वडामध्य सोनपुर सहायता कक्ष आवश्यक भएको कारणले गर्दा स्थापनाको लागि पहल गरिएको र खजुरा स्वास्थ्य शाखाबाट हुने सम्पुर्ण सहयोग उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल ले बताउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र स्वास्थ्यकर्मी लगायत सहकर्मी समाजका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रमलाई धनपत यादव र सीता वलीले सन्चालन गर्नुभएको थियो ।





