कोहलपुर स्वास्थ्य शाखाको घट्नाप्रति स्वाथ्यकर्मी संघको ध्यानाकर्षण

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखामा भएको घटना र त्यसपछि निकालिएको विज्ञप्तीप्रति विभिन्न संघ, संगठनले ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल स्वस्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेकबहादुर केसी, संघका नेपालगन्ज उपमहानगर अध्यक्ष राजेश कुमार सेन र टे«ड युनियन कांग्रेस लुम्बिनी प्रदेशका सह–सचिव सरोज कुमार शाहले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै खेद प्रकट गर्नुभएको छ ।

संघले दोषीमाथी आवश्यक कारवाही गर्न पनि सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखामा यही असोज १ गते घएको घटनाबारे विभिन्न संघ संगठनहरुले विना आधार र अतिरन्जित रुपमा कपोकल्पित, एक पक्षीय रुपमा प्रेस विज्ञप्ती निकालेको बिज्ञप्तिमा उल्लेख छ ।

संघले छिटो भन्दा छिटो सत्य तथ्य छानबीन गरी गल्ती गर्नेलाई सजायको भागिदार बनाउन माग समेत गरेको छ । उता घट्ना घटेको यतिका दिन बित्दा समेत कार्यालयले कुनै प्रकारको चासो देखाएको छैन । कमसे कम कार्यालयले छानबीच समिति बनाएर घट्नाको सत्य तथ्य छानबीन गरेर कसले गल्ती गरेको हो, त्यो कुरा पत्ता लगाउनुपर्नेमा अहिलेसम्म बेवास्ता गरेको कोहलपुर स्वास्थ्य शाखाका एक कर्मचारीले बताए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments