डुडुवामा आईतवारदेखि विद्यालय खोल्ने तयारी

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु असोज १० गते आईतवारदेखि खोल्ने तयारी गरिएको छ ।

जिल्लाका सबै पालिकाहरुले एक साताअघि नै विद्यालय संचालनको अनुमति दिएको भएपनि डुडुवाले बल्ल विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीको अध्यक्षतामा असोज ५ गते प्रधानाध्यापकहरुबीच बसेको बैठकले असोज १० गतेदेखि विद्यालय सञ्चालन गर्नुपर्ने छलफल सहित निर्णय भएको छ ।

बैठकमा लामो समयदेखि विद्यालय बन्द भएका कारण विद्यालयमा सरसफाई गर्नुपर्ने र गाउँपालिकाभित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाहरुमा (सामुदायिक र संस्थागत) मा सेनिटाईजर (स्प्रे गराई) मास्क, साबुन, सर्फ, थर्मल गन लगायत स्वास्थ्य सामग्री उपलब्ध गराई मात्र विद्यालय सञ्चालनमा ल्याउने छलफल भएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सञ्जय कुमार कर्णले जानकारी दिनु भयो ।

Previous articleअनावियाको न्यायका लागि नागरिक आन्दोलन शुरु हुँदै
Next articleवरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here