गेरुवा र स्याक नेपालका कर्मचारीका लागि क्षमता बिकास तालिम शुरु

बर्दिया । प्लान इन्टरनेशन नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँके र गेरुवा ग्रामिण जागरण संघको साझेदारीमा परियोजनाका कर्मचारीहरुको दुई दिने क्षमता बिकास तालिम ठाकुरद्धारामा शुरु गरिएको छ ।

उक्त दुइ दिने तालिमको स्याक नेपाल बाँकेका ७ जना तथा गेरुवा ग्रामीण जागरण संघ बर्दियाका ४ जना गरि ११ जना परियोजना कर्मचारीको सहभागीता रहेको छ ।

क्षमता बिकास तालिमको उदेश्य तथा यसको प्रकृयाका बारेमा प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालयका लन बिज्ञ बेद प्रसाद डांगीले जानकारी गराउनुभयो ।

दुइ दिने तालिमको सहजीकरण डांगीले गर्ने योजनाका साथ तालिम शुरु गरिएको छ । दुइ दिन सम्मको बसाइमा परियोजनामा भएका राम्रा अभ्यास तथा यसको कार्यान्वयन र प्रभावकारीताका लागि छलफल गरिने छ ।

तालिमको स्वागत तथा शुभारम्भ स्याक नेपाल बाँकेका सिकाइ परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले गर्नुभएको थियो । तालिममा कोरोना संक्रमण हुन नदिन र संक्रमण बाट बच्नका लागी सामाजिक दुरि कायम गर्ने, माक्स सेनिटाइजर समयसमयमा प्रयोग गरिएको छ ।

Previous articleवरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन
Next articleएक लाख पुरस्कार राशीको बागेश्वरी नकआउट फुटबल प्रतियोगिता हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here