
दाङ । नक्कली ब्लुबुक बनाउने एक गिरोहलाई पक्राउ परेको छ। मोटरसाईकलको नक्कली ब्लुबुक बनाउने गिरोहमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेकोमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी कृष्ण प्रसाद खनाल, तुलसीपुर ६ का अब्दुल हसिब सिद्धिकी, चक्रवहादुर ओली,जीवन पोख्रेल र बिष्णु घिमिरे छन् ।
गिरोहले सरकारी छाक किर्ते गरि नक्कली ब्लुकबुक बनाएर विक्री गर्ने गरेको खुलेको छ । उनिहरुले यातायात व्यवस्था कार्यालयको छाप, तथा शाखा अधिकृतको छाप समेत किर्ते गरेका छन् ।
प्रहरीले उनीहरुको साथबाट एउटा मोटरसाईकलको ब्लुबुक, प्रदेश सरकार प्रदेश नम्बर ५ भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, उक्त कार्यालयका शाखा अधिकृतको छाप, ब्लुबुक तयार पार्नका लागि संकलन गरिएका विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमती, पुराना ब्लुबुक, निरोगिताको दस्तखत र छाप हानेका कागजात समेत बरामद गरेको छ । उनीहरुमाथि सरकारी छाप दस्तखत किर्ते मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नागरिक





