अफ्गानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित चार सुरक्षाकर्मी मारिए

फाइल तस्बिर

शरान । अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् । देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ताशाह मोहम्मद अरिनले सिन्ह्वालाई भन्नुभयो, सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिबार राती भएको विस्फोटनको घटनामा परी मृत्यु भएको छ।

उहाँका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको छ । प्रहरी अधिकारीहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नेक्रममा दुर्घटनामा परेको उहाँको भनाइ छ।
रासस/सिन्ह्वा

Previous articleनक्कली ब्लुबुक बनाउने गिरोह पक्राउ
Next articleजिल्लामै पहिलो पटक सामुदायिक बिद्यालयमा भेन्डिङ्ग मेसिन जडान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here