ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग नखेल्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

ललितपुर प्याट्रीयट्सले बिहीबार ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको हो । ज्ञानेन्द्र ललितपुर प्याट्रीयट्सको कप्तान समेत रहेका थिए ।

उनको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो । कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउदै ईपीएल नखेल्ने बताएका हुन् ।

यसअघि पूर्व कप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका थिए । यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी र बलर बसन्त रेग्मीले समेत ईपीएल खेल्ने छैनन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ । ईपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स–११ विरुद्ध खेल्नेछ ।

Previous article७२६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिँदै
Next articleदसैंअघि नै बालबालिकाका लागि कोरोना खोप ल्याउने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here