दक्षिण एसियामा परिचित नारीवादी अभियान्ता कमला भसिनकाे निधन

Kamla Bhasin

महिला अधिकारर्मी कमला भसिनको निधन भएको छ । 

क्यान्सरबाट पीडित भसिनको आज शनिबार बिहान ३ बजे निधन भएको हो । 

उहाँकी सहकर्मी कविता श्रीवास्तवले ट्विटरमार्फत उहाँको निधनको जानकारी दिनुभएकाे हाे ।

उहाँले लेख्नुहुन्छ, ‘हाम्री प्यारी साथी कमला भसlनको आज सेप्टेम्बर २५ बिहान ३ बजे निधन भयो । यो भारत र दक्षिण एसियाली क्षेत्रमा महिला आन्दोलनका लागि ठूलो क्षति हो । कमला तपाईं सधैं हाम्रो मुटुमा रहनुहुनेछ।’ ​​

भसिनको जन्म १९४६ अप्रिल २४ मा राजस्थानमा भएको थियो । उहाँका बुबा डाक्टर हुनुहुन्थ्यो । 

कमला भसिन मुख्यतः दक्षिण एसियाली नारीवादी अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।

Previous articleदुई दिने तालिममार्फत परियोजना कार्यान्वयन निर्देशिकाको ड्राफ्ट तयार
Next articleउत्कृष्ठ पर्यटकीय स्थान बनाईदै कान्ति ताल, प्रवर्द्धनका लागि फाेटाे वाक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here