उत्कृष्ठ पर्यटकीय स्थान बनाईदै कान्ति ताल, प्रवर्द्धनका लागि फाेटाे वाक

नेपालगन्ज । कान्ति ताललाई नेपालगन्जको उत्कृष्ठ पर्यटकीय स्थान बनाउने नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ का वडा अध्यक्ष बिद्याराम बर्माले बताउनु भएको छ ।

नेपालगन्ज फोटोवाकरले कान्ति ताललाई ब्यापक प्रचार प्रसार गर्नको लागि शनिबार फोटो वाक कार्यक्रम गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, पुरैनी उपशाखाका सभापति फन बहादुर गुरुङले कान्ति तालले पुरैनीलाई चिनाउने काम गरेको बताउनुभयो ।

कान्ति ताललाई ब्यापक प्रचार प्रसार गर्नको लागि शनिवार नेपालगन्ज फोटावाकरले फोटो वाक गरेको छ । सो फोटा वाकमा एक दर्जन बढी फोटो ग्राफरको सहभागिता रहेको थियो ।

सो कान्ति ताल धेरै बर्ष ओझेलमा परिरहेको थियो । अहिले नेपालगन्ज उपमहानगरपालिकाले कान्ति तालको पुनःनिर्माण गरे पछि आन्तरिक पर्यटन आउन थालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले बिहान र साँझ घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २२ का वडा अध्यक्ष बर्माले बताउनुभयो ।बाँके र बर्दिया जिल्लामा रहेका जो ओझेलमा परेका पर्यटकीय स्थानहरुलाई फोटाे र भिडियोको माध्यमबाट प्रचार प्रसार गरि पर्यटनमा टेवा पु¥याउन फोटो वाक गरिएको नेपालगन्ज फोटोवाकरका परिकल्पनाकार विशाल राना मगरले बताउनुभयो ।

नेपालगन्जमै रमणीय स्थान भएपछि प्राकृतिक सौन्दर्यको मजा लिँदै सहरका विभिन्न ठाउँबाट तालमा पुग्ने गरेका छन् । तालमा अहिले टिकटक र फोटो खिचाउनको लर्काे लाग्ने गरेको स्थानीय बासिन्दा अनुज बर्माले बताउनुभयाे ।

कान्तिताल २५ बिघामा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनाका साथै तालमा बोटिङको प्रबन्ध गरिँदैछ । उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि ताललाई हेर्न लायक बनाउने रणनीतिअनुसार काम गरिरहेको छ ।

तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षरोपण गरिएकोले भवियमा उहाँका अनुसार कान्ति ताललाई पर्यटकको आकर्षण बढाउने गरी दूरगामी सोचका साथ कान्तितालको विकास गरिँदैछ ।

ताल वरिपरि बाटो बनाइएको छ । ताललाई घेरेर बाटो, नाली, वृक्षरोपण गरिएपछि अहिले बिहान र बेलुका वाकिङ गर्नेको भीड लाग्ने गरेको स्थानीय युवा आशिष बर्माले बताउनुभयाे ।

Previous articleदक्षिण एसियामा परिचित नारीवादी अभियान्ता कमला भसिनकाे निधन
Next articleमधेश मिडिया मिशन नेपाल बाँके अध्यक्षमा त्रिपाठी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here