अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल निर्वाचित

दाङ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ ।

दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो । भीमराज खरेल, रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाल उपाध्यक्ष चयन हुनुभएको छ ।

प्रमुख सचिवमा राजेन्द्र विष्ट तथा सचिवहरुमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन, दिलिप शर्मा चयन हुनुभयो । प्रमोद थापा कोषाध्यक्ष बन्नुभएको छ ।

Previous articleनेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै
Next articleफोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here