नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

file photo

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल राति पौने १० बजे दोहामा हुँदैछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा छ ।

यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेकोमा एकमा बराबरी र एकमा हार बेहोरेको थियो ।

नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिप आउँदो १५ गतेदेखि सुरु हुनेछ ।

Previous articleमुक्तिनाथ मन्दिर आजदेखि सर्वसाधरणका लागि खुला
Next articleअखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here