१० फन्का मारेपछि सकुशल अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ ।

फर्किएको जहाजले काठमाडौंमा १० फन्का मारेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सकुशल अवतरण गरेको हो ।

जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।

ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ।

Previous articleपूर्व प्रधानपन्च शाहको ९२ औं जन्मदिन मनाइयो
Next articleमिथिलाञ्चल क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here