पूर्व प्रधानपन्च शाहको ९२ औं जन्मदिन मनाइयो

नेपालगञ्ज । लामो समयसम्म प्रधानपन्च रहेका रोमहर्ष शाहको ९२ औं जन्मदिन भब्य रुपमा मनाइएको छ । सल्यान जिल्लामै लामो समयसम्म प्रधानपन्च रहनुभएका शाहको नेपालगञ्जमा ९२ औं जन्मदिन मनाइएको हो ।

उहाँको जन्मदिनलाई उहाँ आवद्ध संस्था र परिवारका सदस्यहरुले बिशेष गरी मनाइदिएका छन् । साबिकको सल्यानको घाँजरी पिपल गाबिस वडा नं ७, संघीय सरंचना अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा बस्दै आउनुभएका शाहको ९२ औं जन्मदिनलाई बिशेष तरिकाले मनाइएको छ ।

स्वर्गीय कर्ण बहादुर शाह र गोमा शाहका छोरा रोमहर्ष ज्यूको ९२ औं जन्मदिनलाई बिशेष तरिकाले मनाउनका कारण यति लामो समयसम्म बाँच्ने व्यक्ति पनि कम हुने गरेको र उहाँको पृष्ठभुमि हेर्दा राजनीतिक तथा सामाजिक क्षेत्रमा योगदान रहेको हुँदा यसरी भब्य बनाइएको सल्यानी सेवा समाज बाँकेका अध्यक्ष राजेश शेनले जानकारी दिनुभयो ।

पन्चायतकालमा उहाँले लामो समय प्रधानपन्चको भूमिका निर्वाह गर्नुभएको छ । तत्कालिन जिल्ला पन्चायतको जिल्ला सदस्य समेत रहनुभएको थियो । यस्तै पन्चायतकालमा शाहलाई बिभिन्न पुरस्कार तथा पदबी समेत प्राप्त गर्नुभएको छ । २०३० सालमा १४ अञ्चलभरिमा सिंगारु नाच प्रतियोगितामा उहाँको नेतृत्वको टोली प्रथम स्थान प्राप्त गरेको थियो ।
यस्तै २०३१ सालमा समेत सोही नाचमा उहाँकै टोलीले प्रथम स्थान पाउन सफल बनेको थियो । यसैगरी लामो समयसम्म प्रधानपन्च रहेको भन्दै उहाँलाई २०४५ सालमा सेवा प्रदकबाट समेत सम्मानित गरिएको छ । कर्णाली प्रदेश एमाले पार्टीको संयोजक एव पार्टीको केन्द्रीय सदस्य गुलाब सिंह शाह उहाँको छोरा हुनुहुन्छ ।

सल्यानी सेवा समाज बाँकेका आजिवन सदस्य समेत रहनुभएका शाहका छोरा निराजन शाह, हरिभक्त शाह, परिवारका सदस्य पृथ्बी शाह र समाज बाँकेका अध्यक्ष शेनले ९२ औं वर्षसम्म पनि आफै हिडडुल गर्न सक्ने, आफ्नो काम आफै गर्ने गरेकाले हार्मीले परिवार साथीभाई इष्टमित्रको तर्फबाट जन्मदिन बिशेष बनाइएको बताउनुभयो ।

Previous articleकोहलपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
Next article१० फन्का मारेपछि सकुशल अवतरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here